१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. भिजिट भिसा प्रकरण
विपक्षी दलहरूले संसदको अवरोध खुलाउन भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनलाई ‘बटम लाइन’ बनाएका छन् । तर सत्तापक्ष संसद् सबैको कुरा राख्ने थलो भएकाले विपक्षीले उठाएका सवालमा गृहमन्त्रीसहित सत्तापक्षका सांसदलाई बोल्न दिनुपर्ने अडानमा देखिएको छ ।
२. गभर्नर नियुक्तिविरुद्ध रिट
गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका हुन् ।
३. केदारनाथको भिर
पाँच वर्ष यता केदारनाथमा ज्यान गुमाउने यी प्रतिनिधि पात्र हुन् । यसरी कैयौँले ज्यान गुमाइसकेका छन् । कतिपय घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका छन् । छविस पाथीभेरा गाउँपालिका–६ लेकगाउँ, दनखालीकी ३६ वर्षीय धनादेवी बुढा पाँच वर्ष अघि सोही भिरबाट लडेर घाइते भइन् ।
४. मन्त्रिपरिषद् बैठक
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु मंगलबार सार्वजनिक गरिएका छन् । आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
५. हरित अर्थतन्त्रतर्फ नेपाल
नेपालमा विद्युतीय गाडीमार्फत ठुलो वैदेशिक लगानी भित्र्याउन सकिने देखिएको छ । ६५ देखि ७० प्रतिशतसम्म विद्युतीय गाडीको खपत हुन थालेसँगै यस क्षेत्रमा वैदेशिक लगानी आकर्षण गर्न सहज भएको हो ।
६. विकास निर्माणमा बेथिति
सरकारले नागरिकको सुविधाका लागि विकास निर्माणको काम गर्दछ । बारामा भने मधेस प्रदेश सरकारले निर्माण गरेको संरचनाबाट नागरिकहरू सुविधाभन्दा धेरै सास्ती भोग्न बाध्य छन् ।
७. रास्वपाको ‘कमान्डर’
सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको मुद्दा लम्बिने निश्चित भएपछि पार्टीभित्र जिम्मेवारी हेरफेरको प्रारम्भिक बहस सुरु भएको छ । लामो समययता रास्वपाका मुख्य पद ‘कार्यकारी जिम्मेवारी’का भरमा छन् ।
८. कमोडिटी एक्सचेन्ज
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १८ वर्षअघि वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालन गर्ने घोषणा गरेको थियो । यद्यपि अहिलेसम्म बोर्डले कमोडिटी एक्सचेन्ज सञ्चालनमा ल्याउन सकेको छैन ।
९. काठमाडौँ महानगर
सोमबार काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले मेयर बालेन्द्र शाहसँग महानगरपालिकाको कार्यपालिका बैठक बोलाउन माग गरे । महानगरका ४२ कार्यपालिका सदस्यमध्ये ४१ जनाले कार्यपालिका बैठक बोलाउन माग गरेका हुन् । त्यसरी माग गर्नेमा मेयर बालेनबाहेक सबै छन् ।
१०. विद्यालय शिक्षा विधेयक
सद्को शिक्षा समितिको आइतबारको बैठकमा दुई वटा विषयमा छलफल कार्यक्रम थियो । शिक्षा समिति सभापति अम्मरबहादुर थापाले बैठकको प्रारम्भमै निजी विद्यालयको लगानी के गर्ने भन्ने र प्रारम्भिक बाल विकास (ईसीडी) कति बर्से बनाउने भन्ने विषयमा छलफल केन्द्रित गराए । समिति सदस्यहरू आ–आफ्नो धारणा राखिसकेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले जवाफ दिए ।
११. दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
बागलुङमा पछिल्लो दुई वर्षमा २७ किलोमिटर २३५ मिटर पदमार्ग निर्माण भएको छ । जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरी पर्यटक आकर्षणका लागि पदमार्ग निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा विनियोजन गरेको बजेटबाट जिल्लाको १० पालिकाको विभिन्न स्थानमा पदमार्ग निर्माण गरिएको छ ।
२. गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई
बेलायतस्थित नेपाली समुदायको सबैभन्दा ठूलो खेलकुद महोत्सवको रूपमा चिनिने गोर्खा कप फुटबल प्रतियोगिताको २३औँ संस्करण सम्पन्न भएको छ। अल्डरसटस्थित क्वीन्स एभिन्यू खेलमैदानमा आयोजित प्रतियोगितामा १५ हजारभन्दा बढीको सहभागिता रहेको दाबी गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा राजनीतिक प्रदर्शनले दैनिक जीवन अस्तव्यस्त
-
गाजामा हमास नेताको मृत्यु भएको इजरायलको दाबी
-
मुख्यमन्त्रीद्वारा लगानी सम्मेलनबारे छलफल
-
तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हान्ने एक जना पक्राउ
-
१० बजे, १० समाचार : अफताव आलम रिहादेखि प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोनसम्म
-
झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ