दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
ढोरपाटन । बागलुङमा पछिल्लो दुई वर्षमा २७ किलोमिटर २३५ मिटर पदमार्ग निर्माण भएको छ । जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरी पर्यटक आकर्षणका लागि पदमार्ग निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा विनियोजन गरेको बजेटबाट जिल्लाको १० पालिकाको विभिन्न स्थानमा पदमार्ग निर्माण गरिएको छ ।
पदमार्ग निर्माण भएपछि पर्यटकलाई गन्तव्यसम्म पुग्न सहज भएको छ । उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण गरिएको हो । प्रदेश सरकारले गत वर्ष विनियोजन गरेको छ करोड ८० लाख बजेटले १२ किलोमिटर दुई सय ३५ मिटर पदमार्ग निर्माण गरिएको थियो । चालु आर्थिक वर्षमा विनियोजन भएको तीन करोड ८५ लाख १५ किलोमिटर पदमार्ग बनाइएको उद्योग तथा पर्यटन कार्यालय बागलुङले जनाएको छ ।
अघिल्लो वर्ष १२ हजार ३५ मिटर पदमार्ग रेलिङ र ‘स्लेट’ ढुङ्गाको प्रयोग गरि पक्की र यस वर्ष आठ हजार मिटर पक्की र सात हजार मिटर कच्ची पदमार्ग निर्माण गरेको उद्योग तथा पर्यटन कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए । यो वर्षका सबै योजना कार्यान्वन गरेर अन्तिम चरणमा पुगेको उनको भनाइ छ । पदमार्गले पर्यटकीयस्थलको प्रचार–प्रसारमा टेवा पुर्याउनका साथै पर्यटक आकर्षण गरेको प्रमुख थापाले बताए ।
पर्यटकीय क्षेत्र ढोरपाटनको बुकीपाटन, कोठेभिर, नरसिंहकोट, सत्यवती मन्दिरलगायत दर्जनौँ स्थानमा पुग्ने पदमार्ग निर्माण भएका छन् । उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत ३१ वटा पदमार्ग निर्माण भएका छन् । पदमार्ग निर्माण भएपछि निसीखोला गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोटमा पर्यटकको चहलपहल बढेको स्थानीय प्रमेबहादुर कुँवरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण