सुन काण्डमा राम्रो अनुसन्धान नभए गृह र अर्थमन्त्रीको राजीनामा माग्ने अवस्था आउन सक्छ : नेता पौडेल
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुन काण्डमा भरिया मात्रै नभएर जरैसम्म छानबिन गर्नुपर्ने बताएका छन्।
आज बुटवलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दलहरू सच्चिन आवश्यक रहेको बताए । उनले सुन काण्डमा राम्रोसँग अनुसन्धान हुन नसकेमा गृहमन्त्री र अर्थको राजीनामा माग्ने अवस्था आउन सक्ने बताए ।
फरक प्रसङ्गमा नेता पौडेलले सङ्घीयतालाई बलियो बनाउनका लागि सांसदहरूको सङ्ख्या घटाउनु पर्नेमा जोड दिए ।
हालै सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकमा यो विषयले प्रवेश पाएको बताउँदै उनले सङ्घीय संसद्को सङ्ख्या घटाएर २०१ सदस्यीय बनाउने र सोही अनुसार प्रदेशसभामा समेत सङ्ख्या घटाउनु पर्ने उल्लेख गरे । घटाइएको सङ्ख्यामा सबै जातजाति, समुदाय, महिला, सीमान्तकृत लगायत सम्पूर्णको समान प्रतिनिधित्व हुने गरी निर्वाचन प्रणाली लागू गर्नुपर्ने उनले बताए । यसरी राजनीतिक प्रशासन र खर्चलाई घटाएर ब्युरोक्रेसीमा हुने खर्चलाई पनि घटाउन सकिने उनले बताए ।
पुँजीगत खर्चभन्दा चालू खर्च ४ गुणा बढी भएको बताउँदै उनले त्यसलाई पनि पूरा खर्च गर्न नसकिएको बताए । विगत १५ वर्षको तथ्याङ्कमा सबैभन्दा बढी ५८ प्रतिशत मात्रै पुँजीगत खर्च हुन सकेको बताउँदै उनले भ्रष्टाचार, अनियमितताले नै यति धेरै बेरुजु निस्किएको उल्लेख गरे । यसको नियन्त्रणका लागि पनि संसद् सङ्ख्या घटाउनु पर्नेमा जोड दिए ।
पौडेलले नेपाली कांग्रेस केन्द्रीय समितिले बैठकमा भएको लाइभ अब निरन्तरता पाउने बताउँदै अब पछाडि फर्कन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण