सुन तस्करी प्रकरण
सुन तस्करी प्रकरणमा पक्राउ परेका दावाको साथमा बेल्जियन पासपोर्ट
आइतबार, १४ साउन २०८०, १२ : १३

काठमाडौँ । सुन तस्करीमा संलग्न आशंकामा पक्राउ गरिएका दावा छिरिङ बेल्जियमका नागरिक रहेको थाहा भएको छ । राजस्व अनुसन्धान विभागबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई सामाखुसीबाट पक्राउ गरेको थियो ।
छिरिङको साथबाट बेल्जियमको पासपोर्ट भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
हङकङबाट ‘रेडी ट्रेड प्रालि’ ले मगाएको करिब १ सय किलो सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेरको थियो ।
सुन तस्करीमा संलग्न आशंकामा छिरिङ सहित पक्राउ पर्नेहरुको संख्या १८ पुगेको छ । ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ मा लुकाएर सुन काठमाडौँ ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
-
विमानस्थलमा फेरि हुन थाल्यो सेटिङ, ‘कोड वर्ड’ प्रयोग गरेर असुल्छन् रकम
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे
-
देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो
-
बलात्कारको आरोपमा भारतीय क्रिकेटर पक्राउ
-
‘सीप मेला सीपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल हो, सहकार्य गर्न तयार छौँ’