सुन तस्करी प्रकरण
सुन तस्करी प्रकरणमा पक्राउ परेका दावाको साथमा बेल्जियन पासपोर्ट
आइतबार, १४ साउन २०८०, १२ : १३
काठमाडौँ । सुन तस्करीमा संलग्न आशंकामा पक्राउ गरिएका दावा छिरिङ बेल्जियमका नागरिक रहेको थाहा भएको छ । राजस्व अनुसन्धान विभागबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई सामाखुसीबाट पक्राउ गरेको थियो ।
छिरिङको साथबाट बेल्जियमको पासपोर्ट भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
हङकङबाट ‘रेडी ट्रेड प्रालि’ ले मगाएको करिब १ सय किलो सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेरको थियो ।
सुन तस्करीमा संलग्न आशंकामा छिरिङ सहित पक्राउ पर्नेहरुको संख्या १८ पुगेको छ । ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ मा लुकाएर सुन काठमाडौँ ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण