मुद्दती निक्षेपको तीन महिने व्यवस्था खारेज गर्न सीबीफीनको माग
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले छोटो अवधिको मुद्दती बचतको व्यवस्था खारेज गर्न केन्द्रीय बैंकसँग माग गरेको छ । तीन महिने जस्तो छोटो अवधिको निक्षेपलाई समेत मुद्दतीमा गणना गर्न पाउने व्यवस्थाले बचत निक्षेप समेत मुद्दतीमा रुपान्तरण भइरहेको र सो कारणले बैंक तथा वित्तीय संस्थाहरुको कस्ट अफ फन्ड बढिरहेको सीबीफीनको भनाइ छ ।
धेरै छोटा अवधिका मुद्दती निक्षेपको व्यवस्थाले दीर्घकालीन कर्जा विस्तारमा समेत अवरोध सृजना गरिरहेको बताउँदै सीबीफीनले यस्तो व्यवस्थालाई हटाउन मनासिब देखिएको बताएको हो ।
हाल मुद्दती निक्षेपमा न्यूनतम तीन महिनादेखि ६ महिना, १ वर्ष, २ वर्ष वा बहुवर्षसम्म बचत गर्न सकिने व्यवस्था छ । साधारण बचतको भन्दा धेरै ब्याजदर प्रदान गर्नुपर्ने हुँदा बैंकहरुले लामो अवधिको मुद्दती बचत चाहेका हुन् ।
हाल बैंकहरुले बचतमा न्यूनतम ७ प्रतिशतदेखि अधिकतम १०.९८ प्रतिशतसम्म ब्याज प्रदान गरिरहेका छन् । जसले संस्थाको कस्ट अफ फन्ड (लगानी) बढेको भन्दै बैंकहरुले छोटो अवधिका बचतहरुलाई साधारण बचतको रुपमा गणना गर्न माग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण