मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड
मणिपुर । जातीय द्वन्द्व र हिंसाका कारण आक्रान्त भएको भारतको उत्तरपूर्वी राज्य मणिपुरको वास्तविक वस्तुस्थितिबारे जानकारी लिन तथा शान्ति सुव्यवस्था बहालीका निम्ति सम्बद्ध पक्षलाई आह्वान गर्न भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आइएनडिआईए) आबद्ध विपक्षी नेताहरूको एक प्रतिनिधिमण्डल राज्यको राजधानी इम्फाल आएको छ ।
विपक्षी गठबन्धनमा आबद्ध २१ सदस्यीय प्रतिनिधिमण्डलले आज मणिपुरका गभर्नर अनुसुया उइकेलाई राजभवनमा भेटेर राज्यमा शान्ति स्थापना गर्न राज्यपाललाई अनुरोध गर्ने भएको छ । प्रतिनिधिमण्डलले राज्यमा शान्तिसुव्यवस्था कायम विशेष प्रयास गर्नुपर्नेमा जोड दिँदै राज्यपाललाई ज्ञापनपत्र पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको राष्ट्रिय जनता दलका सांसद मनोज झाले बताएका छन् ।
जतिसक्दो चाँडो शान्ति स्थापना गर्न आग्रह गर्न तथा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई राज्यको वास्तविक वस्तुस्थितिबारे जानकारी गराउन राज्यपाललाई अनुरोध गर्ने उनले बताए ।
जातीय हिंसाबाट विस्थापित भएका मानिस राखिएका चार वटा शिविरको भ्रमणपछि पत्रकार सम्मेलनमा प्रतिनिधिमण्डलका सदस्यहरुले केन्द्रसँग छलफल गरी शान्ति स्थापनाका लागि सुझाव र सल्लाह दिन तयार रहेको बताए ।
द्वन्द्वग्रस्त राज्यमा यस्तै टोली नपठाएकोमा भारतीय जनता पार्टी नेतृत्वको केन्द्र सरकारको आलोचना गर्दै विपक्षी नेताहरूले आह्वान गरेको खण्डमा आफूहरू खुशीसाथ प्रधानमन्त्री नरेन्द्र मोदीका सर्वदलीय प्रतिनिधिमण्डलमा सामेल हुने विपक्षी सांसदले बताए । मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा उनीहरूको जोड छ ।-(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण