हरित वण्ड जारी गर्नेगरी धितोपत्र ऐन संशोधन गरिने
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पहिलो पटक हरित वण्ड जारी गर्नेगरी आफ्नो अवधारणा सार्वजनिक गरेको छ ।
आइतबार आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले हरित वण्ड लगायत वित्तीय औजार निष्कासन गर्न सक्नेगरी आवश्यक कानुनी व्यवस्था नीति, नियम तथा निर्देशिका संशोधन तथा तर्जुमा गरिने बताएको हो ।
समयाअनुकल धितोपत्र बजारलाई थप व्यवस्थित, परिष्कृत र उन्नत बनाउँदै लैजान कानुनी तथा व्यवहारिक पक्षहरुको सुधार गर्दै लगिने बोर्डले नीति तथा कार्यक्रममार्फत बताएको छ ।
धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनहरूमा आवश्यक संशोधन तथा परिमार्जन गरिने गर्ने, धितोपत्र व्यवसायीको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गरिनेसँगै हरित वण्ड लगायतका नवीन वित्तीय औजार निष्कासन गर्न सक्ने गरी आवश्यक नीति, नियम तथा निर्देशिका संशोधन तथा तर्जुमा गरिने समेत बोर्डले जनाएको छ ।
साथै साना तथा मझौला कम्पनीको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली तयार गरी कार्यान्वयनमा ल्याइने र वस्तु विनिमय बजार सम्बन्धी वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फर्स्योट व्यवसाय, वेयर हाउस लगायतका सम्बन्धमा आवश्यक नीति, नियम तथा निर्देशिकाहरूको तर्जुमा गरिने पनि बोर्डले नीति तथा कार्यक्रममा समेटेको छ ।
बोर्डका कामकारवाहीहरूलाई सहज बनाउन आवश्यक कार्यविधि तर्जुमा गरी लागू गरिने बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण