बिहार संग्रालयको कला प्रदर्शनीमा नेपाल पनि सहभागी हुने

काठमाडौँ । नेपाल पनि भारतको बिहार संग्रालयले आयोजना गर्ने अन्तर्राष्ट्रिय कला तथा सांस्कृतिक प्रदर्शनीमा भाग लिने भएको छ ।
नेपाल कला परिषद्ले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेपालले पनि सो प्रदर्शनीमा भाग लिन लागेको औपचारिक जानकारी गराएको हो । यही श्रावण २२ देखि असोज २० गतेसम्म आयोजना हुने सो प्रदर्शनीका लागि नेपालले ६६ वटा कलाकारका २०५ वटा उत्कृष्ट कला र संस्कृति झल्काउने खालका तस्बिरहरू प्रदर्शनीका लागि पठाउने काम भइसकेको पनि परिषद्का अध्यक्ष सागरसमशेर जबराले बताए ।
नेपाललाई सो प्रदर्शनीमा देवीदेवतासँग सम्बन्धित कला र संस्कृति झल्काउने तस्बिरहरू प्रदर्शन गर्ने अवसर सो संग्राहलयले उपलब्ध गराएको छ । नेपालको कला र संस्कृतिलाई फेरि विश्वमाझ अझ परिचित गराउने अवसर सो प्रदर्शनीबाट हुने विश्वास समेत परिषद्ले लिएको छ ।
अध्यक्ष जबराले त्यो काममा व्यापक प्रचार तथा प्रसार गरिदिन पनि नेपालका सञ्चार माध्यामहरुलाई आग्रह गरे ।
सो प्रदर्शनीमा नेपालसहित रशिया, इजरायल, क्रोष्टारिका र पानमाको पनि विशेष प्रदर्शनीहरु हुनेछ । नेपालले यसअघि पनि विश्व प्रसिद्ध वेल्ट संग्राहलयमा आफ्नो कला र संस्कृति झल्कने खालका कला प्रदर्शनीमा भाग लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँगनमा माटो भर्ने क्रममा ट्रयाक्टरले ठक्कर दिँदा मृत्यु
-
मिस वर्ल्ड विवाद : मिस इङ्गल्यान्डले हैदराबादको पेजेन्ट छाडिन्, आयोजकमाथि गम्भीर आरोप
-
राष्ट्र बैङ्कमा कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर, गुणाकरको राजीनामा अस्वीकृत
-
नेप्से परिसूचक ८.५७ अंकले गिरावट, कारोबार रकम पनि घट्यो
-
विद्यालय शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षामन्त्रीले मागे सात दिनको समय
-
दोरम्बा–सैलुङ : शोकपूर्ण पर्यटनको उत्कृष्ट गन्तव्य