बिहार संग्रालयको कला प्रदर्शनीमा नेपाल पनि सहभागी हुने
काठमाडौँ । नेपाल पनि भारतको बिहार संग्रालयले आयोजना गर्ने अन्तर्राष्ट्रिय कला तथा सांस्कृतिक प्रदर्शनीमा भाग लिने भएको छ ।
नेपाल कला परिषद्ले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेपालले पनि सो प्रदर्शनीमा भाग लिन लागेको औपचारिक जानकारी गराएको हो । यही श्रावण २२ देखि असोज २० गतेसम्म आयोजना हुने सो प्रदर्शनीका लागि नेपालले ६६ वटा कलाकारका २०५ वटा उत्कृष्ट कला र संस्कृति झल्काउने खालका तस्बिरहरू प्रदर्शनीका लागि पठाउने काम भइसकेको पनि परिषद्का अध्यक्ष सागरसमशेर जबराले बताए ।
नेपाललाई सो प्रदर्शनीमा देवीदेवतासँग सम्बन्धित कला र संस्कृति झल्काउने तस्बिरहरू प्रदर्शन गर्ने अवसर सो संग्राहलयले उपलब्ध गराएको छ । नेपालको कला र संस्कृतिलाई फेरि विश्वमाझ अझ परिचित गराउने अवसर सो प्रदर्शनीबाट हुने विश्वास समेत परिषद्ले लिएको छ ।
अध्यक्ष जबराले त्यो काममा व्यापक प्रचार तथा प्रसार गरिदिन पनि नेपालका सञ्चार माध्यामहरुलाई आग्रह गरे ।
सो प्रदर्शनीमा नेपालसहित रशिया, इजरायल, क्रोष्टारिका र पानमाको पनि विशेष प्रदर्शनीहरु हुनेछ । नेपालले यसअघि पनि विश्व प्रसिद्ध वेल्ट संग्राहलयमा आफ्नो कला र संस्कृति झल्कने खालका कला प्रदर्शनीमा भाग लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण