स्वस्तिक लघुवित्तले आईपीओ ल्याउने
काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्ने भएको छ । आईपीओ ल्याउनका लागि स्वस्तिकले निष्कासन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरेको छ ।
यस कम्पनीको आईपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले बिक्री प्रबन्धकको काम गर्ने भएको हो ।
यस सम्बन्धी सम्झौतामा दुवै संस्थाबीच हस्ताक्षर भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आफ्नो अधिकृत पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागेको हो ।
सम्झौतापत्रमा स्वस्तिकका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।
स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान न।पा। वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो । हाल यसले १३ हजार भन्दा बढी परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण