नयाँ आर्थिक वर्षको १५ दिनमा २१ अर्ब २८ करोड राजस्व उठ्यो
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को सुरुको १५ दिनमा २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार राजस्व, गैर राजश्व, भन्सार शुल्क गरी साउन १५ गतेसम्ममा कूल २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको हो ।
यस अवधिमा राजस्वतर्फ १७ अर्ब ४० करोड ५० लाख रुपैयाँ (लक्ष्यको १.२२ प्रतिशत) उठेको छ भने अन्य स्रोतमार्फत ३ अर्ब ८८ करोड २८ लाख रुपैयाँ सङ्कलन भएको छ ।
राजस्वतर्फको दुई शीर्षक भन्सार राजस्व र गैर–राजस्वमार्फत क्रमशः १६ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ र ९४ करोड ८२ लाख रुपैयाँ सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ लाख २१ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको सरकारले खर्च व्यहोर्ने स्रोतमा १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
हालसम्म सङ्कलित राजस्व कूल लक्षित राजस्वको १.४५ प्रतिशतको उपलब्धि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण