राप्रपा कार्यालयमा महानगरको एक्सन
राप्रपाको पार्टी कार्यालयबारे सिडिओ कार्यालयमा छलफल, डोजरसहित महानगर प्रहरी पर्खाईमा
सोमबार, १५ साउन २०८०, १५ : ३६
काठमाडौँ । धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालयमा डोजर चलाउने वा नचलाउने भन्नेबारे सरोकारवाला निकायले प्रजिअसँग छलफल गरिरहेका छन् ।
काठमाडौँ महानगरपालिकाले हाईटेन्सन लाइनको तल कार्यालय रहेको भन्दै डोजर चलाउने तयारी गरेपछि राप्रपाका कार्यकर्ताले अवरोध गरे । डोजर चलाउन अवरोध भएसँगै महानगरका पदाधिकारीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसँग छलफल थालेका हुन् ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठले छलफल जारी रहेको बताए । उनले भने– ‘अहिले छलफल भइरहेको छ ।’
छलफलमा काठमाडौँका एसएसपी दानबहादुर कार्की, महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे र विद्युत्त प्राधिकरणका प्रतिनिधि सहभागी छन् ।
तस्बिर : कृष्ण खड्का/रातोपाटी
_IilG9LZtmR.jpg)
_Cxb3jLDTtt.jpg)
_d73vrCA7W4.jpg)
_Cslo33qt9X.jpg)
_dS0kA1rlEb.jpg)
_dtWgXsHzkn.jpg)
_CNUGoXi12A.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण