शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए मलेसियामा विनोद थापा निर्वाचित,  पदाधिकारीले लिए शपथ

सोमबार, १५ साउन २०८०, १७ : २३
सोमबार, १५ साउन २०८०

काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवनिर्वाचित कार्यसमितिले शपथ तथा पदभार ग्रहण गरेको छ। आठौं राष्ट्रिय महाधिवशेनमा निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन् । आठौँ महाधिवेशनबाट एनआरएनए मलेसियाको नेतृत्वमा फेरि विनोद थापा चयन भएका छन् । 

अध्यक्षसहित अन्य सवै पदमा निर्विरोध चयन गरिएको न्यौपानेले जानकारी गराए। अध्यक्ष पदमै उम्मेदवारी दिएका राकेश महतोले अन्तिम समयमा थापालाई सहमतिमा समर्थन गरेपछि उनी निर्विरोध अध्यक्ष भएका हुन् ।
थापा र महतोबीच एक एक वर्ष कार्यकाल बाँड्ने आन्तरिक सहमति बनेको बताइएको छ।  महतोलाई अहिले प्रथम उपाध्यक्षको जिम्मेवारी दिइएको छ। मलेसियाबाट आइसीसी सदस्यमा शेर बहादुर गुरुङ, सन्तोष कार्की,सन्तोष रिजाल,मिरा पुरी गिरीलाई पठाइएको छ ।

यसैगरी, उपाध्यक्षहरुमा हेमराज सापकोटा, रंजित कुमार क्षेत्री, अरुण गिरी र दिल कुमार केरुङ चयन भएका छन्। युवा उपाध्यक्षको जिम्मेवारी नारायण अधिकारीलाई दिइएको छ भने लिला मगरलाई महिला उपाध्यक्ष बनाइएको छ।

महासचिव टेक बहादुर अधिकारी चयन भएका छन्। यस्तै, सचिवमा श्याम बहादुर श्रेष्ठ र विशु प्रसाद बराल चुनिएका छन । त्यस्तै, कोषाध्यक्षमा बाल ध्वज लिम्बू, सहकोषाध्यक्षमा विमल राना, युवा संयोजकमा राजु लामा र महिला संयोजकमा ईन्दु बस्नेत चयन भएका छन । कार्यसमिति सदस्यहरुमा विष्णु चौधरी, राजु कुमार श्रेष्ठ, भेशराज ज्ञवाली (हर), खेम राज खत्री र विजय मण्डल निर्वाचित भएका छन्।

महाधिवेशनको उद्घाटन मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज अधिकारी र एनआरएनए पदाधिकारीले गरेका थिए । महाधिवेशनमा उपाध्यक्ष आरके शर्मा, धर्मराज अधिकारी, युवा उपाध्यक्ष राज रेग्मी,सचिव खगेन्द्र न्यौपाने,सचिव प्रविन गुरुङ,एशिया प्याशिफिक डिआरसी हरि भट्टराई,एनसीसी कम्बोडियाका अध्यक्ष लालसिंह खड्कालगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप