बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

इटहरीमा डेंगी रोगको परीक्षण र  अस्पताल खर्च निःशुल्क

सोमबार, १५ साउन २०८०, २० : १४
सोमबार, १५ साउन २०८०

इटहरी । सुनसरीको इटहरी  उपमहानगरपालिकाले नगरवासीको लागि इटहरी अस्पतालमा डेंगीको जाँच र उपचार निःशुल्क गरिदिने भएको छ । 

सोमबार कार्यपालिका तथा नगर सदस्यहरुसहितको बैठकमा मेयर हेमकर्ण पौडेलले इटहरी अस्पतालमा डेंगी परीक्षण र उपचार खर्च निःशुल्क गरिदिने घोषणा गरेका हुन्। 

साथै उपमहानगरले डेंगी रोगविरुद्ध 'खोज र नष्ट' अभियान चलाउने भएको छ । वडा तहसम्म अभियानलाई लैजान मेयर हेमकर्ण पौडेलले स्वास्थ्य शाखा तथा इटहरी अस्पतालका कर्मचारीहरुलाई निर्देशन दिए ।

इटहरीमा डेंगीको महामारी हुन नदिन उपमहानगरले सतर्कता अपनाएको मेयर पौडेलको भनाइ छ । मेयर पौडेलले डेंगी नियन्त्रण गर्न सबै नगरबासी लागि पर्नुको विकल्प नभएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप