शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा महिला कर्मचारी माथि यौन दुर्व्यवहार गर्ने अस्पतालका प्रमुखविरुद्ध उजुरी

मङ्गलबार, १६ साउन २०८०, १२ : ५९
मङ्गलबार, १६ साउन २०८०

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख लेखनाथ पौडेलले आफ्नो कार्यालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

रात्रिकालीन ड्युटीमा रहेका महिला कर्मचारीलाई कार्यालय प्रमुख पौडेल र उनका साथी भुवन पाण्डेयले मदिरा सेवन गरी यौन दुर्व्यवहार गरेपछि प्रहरीले जबरजस्ती करणी उद्योग जाहेरी दर्ता गरेको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखर जङ्ग मल्लले पौडेल र उनका साथी नगरपालिका वडा नम्बर–३ का भुवन पाण्डेयमाथि जबरजस्ती करणी उद्योगको  मुर्दा अन्तर्गत दर्ता भएको जानकारी दिए। आरोपित दुवै जना सम्पर्कविहीन रहेका छन्। 

यौन दुव्यवारको आरोप लागेपछि प्रमुख पौडेललाई नगरपालिकाले नै जिम्मेवारीबाट हटाएको छ । आरोपित स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट हटाएको मेयर अजय थापाले बताए। उनले छानिबन गरी दोषीलाई कारबाही गरिने बताए। 

गत साउन १ गते मात्रै पौडेललाई सो अस्पताल प्रमुखको जिम्मेवारी दिइएको थियो। प्रहरी थप कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप