बन्द प्रशिक्षणका लागि २४ सदस्यीय महिला टोलीको घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको एशियाली क्षेत्रको छनोट प्रतियोगिताको बन्द प्रशिक्षणका लागि २४ जना खेलाडी छनोट गरेको छ । क्यानले मंगलबार बन्द प्रशिक्षणका लागि २४ जना खेलाडी छनोट गरेको हो ।
बन्द प्रशिक्षणका लागि घोषित टोलीमा रुबिना क्षेत्री, सीता रानामगर, ईन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का र ईश्वरी बिष्ट रहेका छन् ।
यसैगरी ज्योति पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुबी पोद्दार, खुसी डंगोल, पूजा महतो, सबनम राई, रोमा थापा, कञ्चन श्रेष्ठ, सृष्टि जैसी र स्नेहा महराले पनि बन्द प्रशिक्षणका लागि घोषित टोलीमा स्थान पाएका छन् ।
टी-ट्वान्टी विश्वकपको एशियाली छनोट प्रतियोगिता आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा आयोजना हुँदैछ । एशियाली क्षेत्रको छनोट प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहने छ । नेपाल समूह ‘ए’ मा परेको छ ।
नेपालको समूहमा बहराइन भुटान, आयोजक मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । यसैगरी छनोट प्रतियोगिताको समूह ‘बी’ मा भने चीन, हङ्कङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् । दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण