निर्माण व्यवसायीको आन्दोलनमा म पनि पनि सहभागी बन्न सक्छु : सांसद सापकोटा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले निर्माण व्यवसायीहरू गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै साप्कोटाले ठेक्का लागिसकेपछि रनिङ बिलमा समेत कन्ट्याक्टरहरुले पेमेन्ट नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सापकोटाले केही दिनपछि अरनिको राजमार्गसमेत ठप्प पार्ने गरी आन्दोलन हुन लागेको भन्दै आफू पनि सहभागी बन्न सक्ने बताए । उनले भने, ‘निर्माण व्यवसायीहरू अहिले पनि हडतालमा हुनुहुन्छ, प्रधानमन्त्री निवास अगाडि । म त्यो आन्दोलनप्रति समर्थन गर्न चाहन्छु । मेरै निर्वाचन क्षेत्रमा पनि ५/६ वटा यस्ता परियोजनाहरू छन्, जो ठेक्का भएर चालु रहेका रनिङ बिलमा समेत कन्ट्याक्टरहरुले पेमेन्ट पाएका छैनन् । यो प्रधानमन्त्री, अर्थमन्त्रीको समेत ध्यानाकर्षणको विषय हो । विषयगत मन्त्रालय हुनुको नाताले यी विषय हल गर्नुपर्छ ।’
सांसद सापकोटाले चालु आर्थिक वर्षमा अर्थतन्त्र कसरी चल्छ भन्ने चिन्ता रहेको बताए । ‘केही दिनपछि त अरनिको राजमार्गसमेत ठप्प पार्ने गरी चुनौतीहरू आएका छन् । आन्दोलनकारीका जायज माग भएकाले हडतालमा गएर सडकमा बस्नुपर्ने स्थिति छ । यो सामान्य प्रकारको समस्या होइन । यी समस्याको समाधान हुनुपर्छ,’ उनले थपे, ‘चालु रहेका प्रोजेक्टहरूकै पेमेन्ट गर्न सक्दैनौँ भने नयाँ प्रोजेक्टको हामी किन धेरै कुरा गर्ने ? यो कम्प्लिट हुनुपर्छ । अहिले ठेक्का लगाउँदा झनै जनताले बढी दुःख पाउने परिस्थिति भएको छ । नयाँ बजेट परिचालनको सङ्घारमा छौँ । यसपालिको कसरी अर्थतन्त्र चल्छ मलाई थाहा छैन । किनभने एकै ठाउँमा अर्बौँ रुपैयाँ र अर्को ठाउँमा १० लाख छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण