शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता

मङ्गलबार, १६ साउन २०८०, २० : ०३
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपाल र तारानाथ लुइँटेलको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता भएको छ । 

राष्ट्रियसभा गृहमा मंगलबार आयोजित कार्यक्रममार्फत पार्टी एकता गरिएको हो । 

सो कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकता राष्ट्रवादी शक्ति निर्माण गर्न कोशेढुंङ्गा साबित हुने दाबी गरे । 

यस्तै मोर्चाका नेता तारानाथ लुइँटेलले हिन्दु राष्ट्रको मुद्दा लिएको राजेन्द्र लिङ्देन नेतृत्वको  राप्रपालाई पनि पार्टी विचार स्थापनाका लागि सडकमा आउन आह्वान गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप