प्रदेशलाई पूर्णरुपमा आर्थिक र प्रशासनिक स्वायत्तता दिनुपर्छ : सभामुख पाठक
बुधबार, १७ साउन २०८०, १६ : ४२
काठमाडौँ । बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले प्रदेशलाई आर्थिक र प्रशासनिक स्वायत्तता पूर्णरुपमा दिनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख पाठकले प्रदेशलाई आर्थिक र प्रशासनिक रुपमा पूर्ण स्वायत्तता दिनुपर्ने बताएका हुन् । उनले अझैपनि सबै साधन, स्रोत र शक्ति संघ सरकारसँगै रहेको र प्रदेश सरकार पनि संघमा नै आश्रित हुनुपर्ने अवस्था आएको बताए । यसका कारण प्रदेश संकुचित हुनुपरेको उनको भनाई छ ।
सभामुख पाठकले आर्थिक र प्रशासनिक अधिकार नपाउँदा प्रदेशले आफ्नो उद्देश्य पूरा गर्न नसकेको बताए । उनले आर्थिक र प्रशासनिक अधिकार नदिइएसम्म प्रदेश सभा स्वतन्त्र र स्वायत्त हुन नसक्ने उल्लेख गरे ।
सभामुख पाठकले प्रदेशलाई संघ र स्थानीय तहबीचको पुलको रुपमा परिकल्पना गरिएको भएपनि प्रदेश यी दुई तहबीचको पुल बन्न नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण