सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मियामीको जीतमा मेस्सीको दुई गोल

बिहीबार, १८ साउन २०८०, ०९ : ५५
बिहीबार, १८ साउन २०८०

मियामी । लियोनेल मेस्सीको दुई गोलको मद्दतले इन्टर मियामीले ओर्लान्डो सिटीमाथि जीत हासिल गरेको छ । लिग्स कप अन्तरको खेलमा मियामी ३–१ गोलले विजयी बनेको हो ।

लिग्स कपको ३२ औँ राउन्ड खेल चट्याङका कारण ९५ मिनेट ढिला गरी सुरु भएको थियो । मेस्सीले खेलको ७ औँ मिनेटमा गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । तर, १७ औँ मिनेटमा सेजार अराउहोले ओर्लान्डोलाई खेलमा फर्काए ।

दोस्रो हाफमा जोसेफ मार्टिनेजले पेनाल्टीबाट गोल गर्दै मियामीलाई पुनः अग्रता दिलाए । ७७ औँ मिनेटमा मार्टिनेजकै पासमा मेस्सीले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । 

यो सिजन एमएलएस पुगेका मेस्सीले आफ्नो गोलको शृङ्खला जारी राखेका छन् । लगातार तेस्रो खेलमा उनले गोल गर्न सफल बनेका छन् । सात पटकको बालोन डी’ओर विजेताले तीन खेलमा पाँच गोल गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप