नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु
चितवन । चितवनको नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । नारायणी पुलबाट नदीमा हाम फालेकी महिलाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
उनका अनुसार अन्दाजी ४५ वर्षीय महिलालाई नदीमा हम्फालेको र उनको अचेत अवस्थामा प्रहरीले उद्धार गरेको थियो । उद्धार लगत्तै उपचारका लागि अस्पताल पुर्याउदा चिकित्सकले महिलालाई मृत घोषणा गरेका थिए ।
महिलाको बिहान ८ः३६ बजेको समयमा अस्पतालमा मृत्यु भएको उनले बताए । बिहीबार बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी पुलबाट ती महिला नदीमा हाम फालेकी थिइन् ।
वडा प्रहरी कार्यालय नारायणगढ र प्रहरीको विपद् व्यवस्थापनका लागि नदी किनारमा तैनाथ टोलीले महिला हाम फालेको देखेर उद्धार गरी अस्पताल पुर्याएको र उक्त कार्यमा लागेको १५ मिनेट समय अवधिमा महिलाको मृत्यु भएको प्रहरी उपरीक्षक कार्कीले बताए । मृत महिलाको हाल नाम थर खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणा : युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र अवरोधक उत्पादनको अनुमति दिइने
-
प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण