सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘नाङ्गो गाउँ’ ले लगाउला साम्राज्ञीको ओरालो यात्रामा ब्रेक ?

बिहीबार, १८ साउन २०८०, ११ : २३
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । भुवन केसीको फिल्म ‘ड्रिम्स’बाट अभिनयमा भित्रिएकी हुन्, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । पहिलो फिल्मबाटै हिट उनले त्यसपछि ‘ए मेरो हजुर २’ पनि सफल दिइन् ।

एकपछि अर्को फिल्म हिट हुँदा उनलाई फिल्मको ताँती नै लाग्यो । त्यसपछि ‘कायरा’, ‘तिमीसँग’, ‘मारुनी’ र ‘रातो टीका निधारमा’ उनले अभिनय गरिन् । यी फिल्मले पनि उनको करियरमा सकारात्मक प्रभाव पार्‍यो । 

तर पछिल्लो समयको ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’ फ्लप भएपछि भने उनको करियरमा नराम्रो असर पर्यो । त्यसपछि उनको हातमा फिल्म कम पर्न थाले ।

अहिले भने उनी फुर्सदिलो छिन् । दीपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’ अभिनयपछि उनले कुनै फिल्म साइन गरेकी छैनन् । किनभने आगामी भदौ २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नाङ्गो गाउँ’को पर्खाइमा छिन् उनी । यो फिल्मबाट आफ्नो ओरालो लागेको करियर फेरि फर्किने उनले आस गरेकी छन् ।

फिल्ममा बक्स अफिसका हिट मेशिन मानिएका अभिनेता दयाहाङ राई र ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामा यो फिल्ममा छन् । 

दयाहाङ र दीपेन्द्र दुबै यो फिल्ममा भएको कारण पनि उनलाई ‘नाङ्गो गाउँ’ प्रति ठुलो आशा छ । किनभने फिल्म हिट भयो भने उनको संकटउन्मुख करियर फेरि लयमा फर्कन सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप