फिल्म ‘नाङ्गो गाउँ’ ले लगाउला साम्राज्ञीको ओरालो यात्रामा ब्रेक ?
काठमाडौँ । भुवन केसीको फिल्म ‘ड्रिम्स’बाट अभिनयमा भित्रिएकी हुन्, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । पहिलो फिल्मबाटै हिट उनले त्यसपछि ‘ए मेरो हजुर २’ पनि सफल दिइन् ।
एकपछि अर्को फिल्म हिट हुँदा उनलाई फिल्मको ताँती नै लाग्यो । त्यसपछि ‘कायरा’, ‘तिमीसँग’, ‘मारुनी’ र ‘रातो टीका निधारमा’ उनले अभिनय गरिन् । यी फिल्मले पनि उनको करियरमा सकारात्मक प्रभाव पार्यो ।
तर पछिल्लो समयको ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’ फ्लप भएपछि भने उनको करियरमा नराम्रो असर पर्यो । त्यसपछि उनको हातमा फिल्म कम पर्न थाले ।
अहिले भने उनी फुर्सदिलो छिन् । दीपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’ अभिनयपछि उनले कुनै फिल्म साइन गरेकी छैनन् । किनभने आगामी भदौ २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नाङ्गो गाउँ’को पर्खाइमा छिन् उनी । यो फिल्मबाट आफ्नो ओरालो लागेको करियर फेरि फर्किने उनले आस गरेकी छन् ।
फिल्ममा बक्स अफिसका हिट मेशिन मानिएका अभिनेता दयाहाङ राई र ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामा यो फिल्ममा छन् ।
दयाहाङ र दीपेन्द्र दुबै यो फिल्ममा भएको कारण पनि उनलाई ‘नाङ्गो गाउँ’ प्रति ठुलो आशा छ । किनभने फिल्म हिट भयो भने उनको संकटउन्मुख करियर फेरि लयमा फर्कन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण