सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब ७८ करोडको कारोबार
काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य वृद्धि भएको छ । आज कारोबार समयमा बढेर परिसूचक २१ सय अंकभन्दा माथि पुगेपनि अन्तिममा करेक्सन भएर ३ अंकको मात्रै वृद्धि देखिएको हो ।
०.१४ अंकको वृद्धिसँगै नेप्से परिसूचक २०८९ अंकमा पुगेको छ । यसक्रममा आज १ अर्ब ७८ करोड १९ लाख रुपैयाँ बराबरको ५१ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ । आज ७६ कम्पनीको सेयर मूल्य बढ्दा १३० कम्पनीको मूल्यमा भने गिरावट आएको छ । यस्तै, १२ कम्पनीको सेयर भने स्थिर कायम छ ।
परिसूचक सामान्य अंकले बढेको दिन आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, एनआईबीएल ग्रोथ फण्डको सेयर मूल्य समेत १० प्रतिशतले नै बढेको छ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सेयर मूल्य भने ५.१९ प्रतिशतले घटेको छ ।
आज कारोबार भएका १३ समूहमध्ये ५ समूहको सूचक भने घटेको छ । विकास बैंक, वित्त, होटल र टुरिजम, जलविद्युत र निर्जीवन बीमा समूहको सूचक घटेका छन् । निर्जीवन बीमा समूहको सूचक ४८ अंकले घट्दा होटल र टुरिजम समूहको सूचक ३३ अंकले घटेको छ ।
यसबाहेक, आज जीवन बीमा समूहको सूचक ६३ अंकले बढेको छ भने व्यापार समूह ५१ अंकले बढेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक १६ अंकले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण