आयोगका उपाध्यक्ष र युनिसेफ नेपाल प्रतिनिधिबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रय संघीय नियोग (युनिसेफ) की नेपाल प्रतिनिधि एलिस अकुंगाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
युनिसेफको नेपाल प्रतिनिधिका रुपमा आएकी अकुंगाले बिहीबार सिंहदरबारस्थि आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग भेटवार्ता गरेकी हुन् ।
उपाध्यक्ष श्रेष्ठले नेपाल प्रतिनिधि अंकुगालाई स्वागत गर्दै युनिसेफले नेपालमा गर्दै आएको सहयोगको प्रशंसा गरे । युनिसेफले नेपालमा स्वास्थ्य, पोषण, खानेपानी, तथा वातावरण, शिक्षा लगायतका काम गर्दै आएको भन्दै आगामी दिनमा पनि सहकार्य निरन्तर हुने उपाध्यक्ष श्रेष्ठले बताए ।
सन् १९६४ देखि नेपालमा काम गर्न सुरु गरेको युनिसेफले सन् १९६८ मा काठमाडौँमा सम्पर्क कार्यालय र सन् १९७२ मा पूर्ण आकारको कार्यालय स्थापना गरेको थियो ।
केन्याकी नागरिक अकुंगासँगकेन्या, मलावी, नाइजेरिया, इस्वाटिनी, माल्दिभ्स र अफगानिस्तानलगायतका देशमा बालबालिकाको क्षेत्रमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण