सुकुम्बासीले वन अतिक्रमण गरी बनाएका २१ वटा घर टहरामा आगो लगाइयो
सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–८ र ५ को बीचमा पर्ने कालिका सामुदायिक वन क्षेत्रमा बनेका घर, टहरामा आगो लगाइएको छ । डिभिजन वन कार्यालय भेरी बाबियाचौरका निमित्त डिभिजनल वन अधिकृत शेरबहादुर रोकायाको नेतृत्वमा २१ वटा घर, टहरामा आगो लगाइएको हो ।
घर, टहरा हटाउने कार्यक्रममा बराहताल, लेखगाउँ, बड्डिचौर, पन्चपुरि र चौकुने सव डिभिजन वन कार्यालयका कर्मचारी तथा प्रहरी चाैकी बड्डीचाैर सहभागी भएको थियो ।
भट्टेघारि राताडाँडास्थित करिब ५ हेक्टर वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका २१ घरटहरा, छाप्रा हटाइ नस्ट गरिएको डिभिजन वन कार्यालय भेरीले जनाएको छ । ०७९ असोजमा आएको बाढीले चेपाङ्ग बस्तीका १४ घरमा क्षति पु¥याएको थियो । बाढी पीडितहरु भट्टेघारि स्थित वन क्षेत्रमा आई टेन्ट हालेर बसेका थिए । तर, सकुम्बासीका नाममा अन्य व्यक्तिले समेत वन फँडानी गरी टहरा बनाएका थिए । डिभिजन वन कार्यालयले ती घर, टहरामा आगोनै लगाइदियो ।
सामुदायिक वन उपभोक्ता समितिले भने आगजनी गरिएका घर, टहरा भएका व्यक्तिहरुले अनुमति बिना नै अतिक्रमण गरी बसेको बताएको छ ।
प्रहरी चौकी बाबियाचौरका प्रमुख दीलिप बस्नेतले जंगल ओगटेर बसेकाहरुको घर र टहरा जलाइएको बताए । ‘हामीले घर टहरामा आगो लगाइएका व्यक्तिहरुको घर भट्टेघारिमा छँदैछ तर, रातारात जंगलमा गई ओगट्नुभयो, उहाँहरु सकुम्बासी भएपनि यहाँभन्दा पहिला स्थानीय सरकारले बस्ने व्यवस्था गरिसकेको थियो,’ उनले भने, ‘तर, उहाँहरुले जंगल क्षेत्र नै प्रतिदिन ओगट्दै गएपछि आगो लगाइएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण