सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

ओपो ए ७८ नेपाली बजारमा सार्वजनिक

बिहीबार, १८ साउन २०८०, २० : १३
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । ओपोले आज नेपालमा नयाँ ओपो ए७८ लन्च गरेको छ । 

कम्पनीका अनुसार यस फोनमा एफएचडी+एएमओएलईडी डिस्प्ले, डुअल स्टेरियो स्पिकरहरू, लाइटनिङ-फास्ट ६७डब्लू सुपरभूसीटीम फ्ल्यास चार्ज र लामो समयसम्म चल्ने ५ हजार एमएएच ठूलो ब्याट्री, कलरओएर १३.१ लगायत अपग्रेडहरू रहेका छन् । 

ए७८ लाई चार वर्षसम्म निर्बाध रूपमा प्रदर्शन प्रदान गर्न निर्माण गरिएको कम्पनीको दाबी छ ।

पछाडिको कभरमा डायमण्ड म्याट्रिक्स डिजाइनको साथ अल्ट्रा-स्लिम रेट्रो डिजाइन रहेको छ । ए७८ स्न्यापड्रागन ६८० मोबाइल प्लेटफर्मद्वारा सञ्चालित छ । 

फोनमा 8GB RAM + 256GB ROM कन्फिगरेसन एसडी कार्ड स्लट मार्फत एक टीबी सम्मको अतिरिक्त  भण्डारण रहेको छ । 

यसमा अधिकतम ८ जीबी र्या ममा अस्थायी रूपमा फ्रि रोम स्पेसलाई रूपान्तरण गर्न सकिन्छ । 

ए७८ दुई ताजा, ट्रेंडी कलर फिनिशमा उपलब्ध छ - एक्वा ग्रीन र मिस्ट ब्ल्याक । यसको मूल्य ३२ हजार ९९९ रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप