एनआरएनए अध्यक्ष पदमा मेरो पुनः उम्मेदवारी रहन्छः अध्यक्ष केसी
मस्को । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर तेस्रो साता हुने ११ औं विश्व सम्मेलनमा अध्यक्ष पदमा डा. बद्री केसीले पुनः उम्मेदवारी दिने बताएका छन् । उनी संघको वर्तमान कार्यसमितिको कार्यकारी अध्यक्ष हुन् ।
'वर्तमान कार्यसमितिको मुख्य जिम्मेवारी भनेको १० औं महाधिवेसनमा देखिएको विवाद मिलाएर ११ औं महाधिवेसनमा निर्वाचन गर्ने थियो । त्यो जिम्मेवारी पूरा गरेको अनुभूति गरेको छु । त्यसैले अब संघका मुख्य मुद्दामा केन्द्रीत भएर बाँकी २ वर्ष काम गर्ने योजना बनाएको छु’ केसीले भने ।
उनले गैरआवासीय नेपाली संघको जुलाई महिनामा सम्पन्न राष्ट्रिय समितिको निर्वाचन निकै उत्साहजनक र विवाद रहित प्रति सन्तोष व्यक्त गर्दै उनले भने ‘मुख्य जिम्मेवारी विवाद व्यवस्थापनको थियो ५८ देशमा नयाँ कार्यसमिति गठन हुँदा एउटा देशमा पनि विवाद भएन । अब एनआरएनएमा जरैदेखि एकताका आभास हुने गरी काम गर्ने सोचमा छु ।’
उनले गैरआवासीय नेपाली संघको अभियानमा २० वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू कार्यकारी अध्यक्ष भएको नाताले पनि अध्यक्ष पदमा पहिलो दावी रहने उनले बताए । केसीले संस्थागत शुद्धिकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा १० अर्ब लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिए भएर काम गर्ने प्रतिबद्धता जनाए । उनले अब संस्थाको नेतृत्वमा युवा महिला र बैद्धिक व्यक्तित्वले अवसर पाउनु पर्नेमा जोड दिए ।
सन् २००३ देखि एनआरएन अभियानमा होमिएका डा। केसी २००७ सम्म एनसीसी रुसको साधारण सदस्य रहेका थिए । त्यसपछि २००७ देखि ००९ सम्म एनसीसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) प्रवेश गरे । सन् २००९–२०११, २०११–२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहेका उनी २०१३ –२०१५ मा भने कोषाध्यक्ष चयन भए ।
त्यसपछि सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र सन् २०१९-२०२१ मा उपाध्यक्ष रहेका उनले अहिले संघको कार्यकारी अध्यक्षको उम्मेदवारी समालेका छन् । बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पिएचडी गरेका उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी रहेको छ ।
संघको १० औं महाधिवेसनमा नेतृत्वको निर्वाचन हुन नसकेपछि डा. केसीले ११ औं महाधिवेसनमा नेतृत्व निर्वाचनबाटै ल्याउने प्रतिबद्धता सहित तीन अध्यक्ष मध्ये अन्तिम कार्यकालको लागि कार्यकारी अध्यक्ष हुन राजी भएका थिए ।
केसीकै नेतृत्वमा संघका सबै राष्ट्रिय समितिमा निर्वाचन विवादरहित रुपमा सम्पन्न भएको छ । संघको अक्टोवरमा हुने ११ औं महाधिवेसनको लागि सम्पूर्ण तयारीहरु सुरु भएका छन् । नयां नेतृत्वको लागि हाइब्रिडमार्फत हुने निर्वाचनको लागि एक निर्वाचन समिति समेत गठन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण