नेपाल पहिलोपटक विश्व साइक्लिङमा
काठमाडौँ । नेपालले पहिलो पटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । प्रतियोगिता अगस्ट १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुनेछ । प्रतियोगितामा नेपालबाट एक पुरुष र एक महिला खेलाडीले सहभागिता जनाउने छन् ।
पुरुषतर्फ सुरज रानामगर र महिलातर्फ उषा खनालले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपालका दुवै खेलाडीले एउटै स्पधौ एमटीबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्ने नेपाल साइक्लिङ सङ्घले जनाएको छ ।
सुरज र उपा दुवै चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । उषाले १३औँ दक्षिण एसियाली खेलकुद ९साग० मा एमटीबी क्रस कन्ट्री स्पर्धामै रजत पदक जितेकी थिइन् ।
नेपाली टोलीको व्यवस्थापकमा नेपाल साइक्लिङ सङ्घका महासचिव रञ्जन राजभण्डारी रहेका छन् । नेपाली टोली आइतबार स्कोटल्यान्ड प्रस्थान गर्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण