सानिमा बैंकको नाफा २५ प्रतिशतले बढ्यो
काठमाडौँ । सानिमा बैंकको नाफा अघिल्लो वर्षको भन्दा २५.१४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा बैंकले २ अर्ब ९ करोड ३१ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, आर्थिक वर्ष २०७९/८० मा कठिन आर्थिक स्थिति, लगानी घट्दा समेत बैंकले २ अर्ब ६१ करोड ९२ लाख १६ हजार रुपैयाँ नाफा कमाउन सफल भएको हो ।
बैंकको ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफा बढ्न पुगेको हो । बैंकले आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा ३९.५१ प्रतिशतले ब्याज आम्दानी बढाउँदै ६ अर्ब ४८ करोड ९३ लाख ९ हजार रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब ६५ करोड १७ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता सञ्चालन नाफातर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा २७.९७ प्रतिशतले सञ्चालक नाफा वृद्धि गरेको बैंकले ३ अर्ब ७८ करोड ६ लाख ५६ हजार रुपैयाँ कमाएको छ ।
यद्यपि, नाफाको केहीँ प्रतिशत प्रोजिनिङ गर्नुपदा बैंकको वितरणयोग्य नाफा अघिल्लो वर्षको भन्दा १५.३५ प्रतिशतले घटेर १ अर्ब २४ करोड ४४ लाख ५५ हजार रुपैयाँ कायम भएको छ । सानिमा बैंकको प्रतिसेयर लाभांश दिने क्षमता १७.७४ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी २ रुपैयाँ ५४ पैसाले बढेर २१ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण