मनकामना इन्जिनियरिङले २२ लाख ७६ हजार कित्ता आईपीओ जारी गर्ने
काठमाडौँ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि २२ लाख ७६ हजार कित्ता आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २५५ प्रतिशत अर्थात् १६ लाख ६० कित्ता प्राथमिक सेयर जारी गर्ने भएको हो ।
साथै स्थानीय बासिन्दाहरूका लागि कम्पनीले बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सेयर समेत बिक्री गर्ने जनाएको छ । यसरी स्थानीय सर्वसाधारणका लागि कम्पनीले कूल २२ लाख ७६ हजार ६२० कित्ता सेयर जारी गर्नेछ । जसमध्ये कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ ।
कम्पनीले यसअघि जारी पुँजी ८० करोड रुपैयाँको १०५ अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको थियो भने २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो ।
कम्पनीको सेयरका लागि इच्छुक लगानीकर्ताले छिटोमा साउन ३१ गतेसम्म र ढिलामा भदौ १० गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण