तेस्रो दिन माओवादी केन्द्रीय समिति बैठक सुरू
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सुरू भएको छ । राजधानीको प्रज्ञाभवन कमलादीमा बैठक सुरु भएको हो ।
बुधबारदेखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि अहिलेसम्म ७४ जना केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिसकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकमा नेतृत्वको कार्यशैली, नीति, विधान सम्मेलन, कार्यदिशा, कार्यक्रम र समसामयिक राजनीति अवस्थाबारे केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन् । अधिकांश सदस्यहरूले पार्टी बनाउनका लागि पहिला नेतृत्व सच्चिनुपर्ने विचार व्यक्त गरेका छन् ।
५ दिनसम्म सञ्चालन हुने बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि ६ बजेसम्म बस्नेछ । आजको बैठकमा बोल्नका लागि १०० जना बढीले नाम टिपाएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
उनकाअनुसार बोल्न चाहने सदस्यहरू सबैलाई बोल्न समय दिइनेछ । केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएपछि अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाफ दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण