हिमालय एयरलाइन्सद्वारा लवप्रसाद बाल गृहलाई आर्थिक सहयोग
काठमाडौँ । हिमालय एयरलाइन्सले आफ्नो संस्थागत उत्तरदायित्वअन्तर्गत ‘शिक्षातर्फ पाइला’अभियानलाई अगाडि बढाउँदै लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ ।
अनाथ तथा विपत्र बालबालिकाको लागि लवप्रसाद सुधार सङ्घद्वारा सञ्चालित गैरसरकारी तथा गैर राजनीतिक सामाजिक संस्था लवप्रसाद बाल गृहको भान्सा र भोजन कक्ष मर्मत सम्भारका लागि उक्त सहयोग गरेको हो ।
अगस्ट ३ मा बाल गृहको परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा एयरलाइन्सका अध्यक्ष झो इन्योङ्गले बालगृहका अध्यक्ष उषा कार्कीलाई रु तीन लाख ९६ हजार बराबरको चेक हस्तान्तरण गरे । यस बाहेक बालगृहमा आश्रित बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारम बोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोप, हुलाहूप जस्ता विभिन्न खेलकुदका सामाग्रीहरू पनि सहयोग गरिएको छ ।
सुन्दरी जलमा अवस्थित यस संस्थाले हाल १३ जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ । उक्त सहयोग रकम बालबालिकाको लागि घरेलु वातावरण कायम राख्नुका साथै थप स्वस्थ, अनुकूल र व्यवस्थित बनाउन बालगृह भवनको भान्सा र भोजन कक्षको मर्मतसम्भार गर्न प्रयोग गरिने भएको छ ।
‘नेपालमै आधार र नेपालमै सेवा’ हिमालय एयरलाइन्सले लामो समयदेखि गरेको प्रतिबद्धता हो । एअरलाइन्स्ले स्थापनाकालदेखि नै समाजको लागि सक्दो योगदान गर्दै आएको छ । यस पटक लव प्रसाद बालगृहलाई गरिएको सहयोगले यहाँको बालबालिकाकालागि राम्रो जीवन र बसाईको व्यवस्था गर्न चाहन्छौँ र उनीहरू भविष्यमा राष्ट्रको कर्णधार बनोस् भन्ने आशा राख्दछौँ ।,” एअरलाइन्स्का अध्यक्ष इन्योङ्गले भने
बालगृहका अध्यक्ष उषा कार्कीले कृतज्ञता व्यक्त गर्दै खेलकुदमा बालबालिकाको रुचि बढाउन खेलकुदका सामाग्रीहरू सहयोग गरेको एअरलाइन्सको यस कदमको स्वागत गरिन् ।
हिमालय एयरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्वलाई सधैं प्राथमिकतामा राखेको छ । विगत सात वर्षदेखि एअरलाइन्स्ले अनाथ तथा विपत्र बालबालिकाको लागि सञ्चालन गरिएको ‘प्रयास नेपाल’का बालबालिकालाई विभिन्न शैक्षिक तथा अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण