थापाथली क्याम्पसका विद्यार्थीले गरे प्रदर्शन (तस्बिरसहित)
काठमाडौँ । थापाथली क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको पहलमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शन गरेका हुन् ।
सानो क्षेत्रमा थापाथली क्याम्पस सञ्चालनमा रहेको भन्दै इन्जिनियरिङ क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग उनीहरूले राखेका छन् । संयौको संख्यामा रहेका थापाथलीका विद्यार्थीहरूले क्याम्पसबाट माइतीघर मण्डलासम्म र्याली निकाल्दै प्रदर्शन गरेका हुन् ।
_g4A70FPF29.jpg)
सरकारले १४० प्रतिशतसम्म शुल्क बढाउन लागेको उनीहरूको आरोप छ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले ३ लाख ३० हजार रूपैयाँबाट बढाएर ७ लाख ७७ हजार बनाउन खोजेको छ । त्यसको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
थापाथली क्याम्पसका स्ववियु सभापति पुष्करविक्रम शाहीले इन्जिनियरिङ क्षेत्रमा लगानी बृृद्धि गर्नुका साटो विद्यार्थीबाटै असुल गर्न खोजेको आरोप लगाए । सरकारले सहुलियतमा विद्यार्थीहरूलाई इन्जिनियरिङ पढाउनुपर्नेमा विद्यार्थीबाटै महंगो श्ल्क लिएर पढाउन खोजेको छ । यसमा हाम्रो खोर आपत्ति छ । सभापति शाहीले भने ।
थापाथली क्याम्पसको स्थानान्तरण गर्नुपर्नेमा सरकार बेवास्था गर्दै बसेकाले खबरदारी गर्नुपरेको उनको भनाई छ । २०७२ सालमा गएको भुम्कपछि थापाथली क्याम्पस स्थानान्तरण गर्ने कुरा भएको थियो । त्यसका लागि कीर्तिपुरस्थित त्रिवि परिसरमा जग्गा समेत उपलब्ध गराइएको छ । तर, लामो समय हुँदा सम्म सरकारले स्थानान्तरणको लागि कुनै पहल गर्न गर्न सकेको छैन् ।
जति सक्दो थापाथली क्याम्पस स्थानान्तरण गर्नुपर्ने सभापति शाहीले बताए । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_VKDCsw7AO6.jpg)
_CX8xWwNVlY.jpg)
_RnZQumLjXM.jpg)
_zb2RgYIJCI.jpg)
_qr4ZUcg9aQ.jpg)
_1gpPcxfc7n.jpg)
_56tZvIaisy.jpg)
_GytgavCHWP.jpg)
_7rY6WZvinG.jpg)
_sMWX8N1DsV.jpg)
_9UEy6D7AiS.jpg)
_AmA1mdIvDm.jpg)
_boE4xXLfp7.jpg)
_tfawYOVuuj.jpg)
_H7ZRQhg0sj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण