सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ढकालले वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि २ लाख रुपैँया घुस लिएका थिए । इटहरीस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले ढकाललाई गत असार २२ गते घुस लिएको रकमसहित नियन्त्रणमा लिएको थियो । आयोग अनुसन्धानबाट ढकालले घुस लिएको पुष्टी भएको भन्दै उनीविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अनुसन्धानको
सिलसिलामा उनले सुन्दरहरैंचा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मोरङ र वडा कार्यालयहरुमा विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनको लागि घुस लिएको खुलको छ ।
ढकालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर अनुसार बिगो बमोजिमको जरिवाना र कैद सजायको माग दावी लिईएको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण