मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तपाईं पनि रिस नियन्त्रण गर्न सक्नुहुन्नँ ? यी पाँच सुझाव पालना गर्नुहोस्

शुक्रबार, १९ साउन २०८०, १४ : ५८
शुक्रबार, १९ साउन २०८०

कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि तपाईंलाई धेरै रिस उठ्छ जसलाई नियन्त्रण गर्न असम्भव झैँ हुन्छ । रिसाउनु राम्रो कुरा पक्कै होइन तर विभिन्न कारणवश हामीलाई रिस त पक्कै उठिरहेको हुन्छ । तर रिसले कसैलाई राम्रो गर्दैन । यसले स्वास्थ्यमा पनि नकारात्मक असर पुर्‍याइरहेको हुन्छ । त्यसैले रिसलाई काबु त गर्नै पर्छ । यतोमा हेल्थलाइन डट कमका अनुसार आज हामी तपाईंलाई रिस नियन्त्रण गर्ने केही तरिकाबारे जानकारी दिँदै छौँ । 

उल्टो गन्ती सुरु गर्नुहोस्

तपाईंलाई धेरै नै रिस उठिरहेको छ भने तपाईंले उल्टो गन्ती गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले सयदेखि सुरु गरेर १० सम्म गन्न सक्नुहुन्छ । गन्ती गर्दै गर्दा तपाईंको मुटुको गति साधारण हुन थाल्छ र तपाईंको रिस क्रमशः कम हुँदै जानेछ ।

गहिरो सास लिनुहोस्

जति बेला तपाईंलाई धेरै रिस उठ्छ यसलाई नियन्त्रण गर्नका लागि गहिरो सास फेर्नुहोस् । आफ्नो नाकले बिस्तारै गहिरो सास तान्नुहोस् र मुखबाट फ्याँक्नुहोस् । केही मिनेटसम्म यो प्रक्रिया अपनाउँदा तपाईंको रिस बिस्तारै कम हुँदै जानेछ ।

कतै हिँड्नुहोस् वा व्यायाम गर्नुहोस्

व्यायामले तपाईंको तनाव र रिस कम गर्न सक्छ । त्यसैले तपाईंलाई रिस उठ्यो भने केही समयका लागि टहल्नुहोस्, साइक्लिङ वा व्यायाम गर्नुहोस् । यो तरिकाले तपाईंको रिस कम गर्न मद्दत गर्छ ।

यो कुरा दोहोर्‍याउनुहोस्

तपाईंलाई रिस उठ्न थाल्यो र यसलाई शान्त बनाउन चाहनुहुन्छ भने आफूलाई सम्झाउने कोसिस गर्नुहोस् । यसका लागि मनमनै एउटा कुरा दोहोर्‍याउनुहोस् – रिल्याक्स.... सबै कुरा ठिक हुन्छ... । यसले पनि तपाईंलाई आफ्नो रिस कम गर्न मद्दत गर्छ ।

सङ्गीत सुन्नुहोस्

रिस उठ्दा यसलाई नियन्त्रण गर्नका लागि तपाईंले सङ्गीतको मद्दत पनि लिन सक्नुहुन्छ । तपाईंलाई रिस उठ्यो भने कानमा इयरफोन लगाउनुहोस् र आफूलाई मन परेको सङ्गीत सुन्नुहोस् । 

शान्त रहनुहोस्

रिस उठेका बेला धेरैजसो गल्ती नै बोलिन्छ । भनिन्छ – बचनको घाउ निको हुँदैन । त्यसैले रिस उठेका बेला चुप बस्ने नै कोसिस गर्नुहोस् । यसो गर्नुभयो भने तपाईंले सोच्ने समय पाउनु हुनेछ र तपाईंको रिस शान्त हुनेछ ।

हाँस्ने कारण खोज्नुहोस्

रिस कम गर्नका लागि तपाईंले यस्ता केही कुराको मद्दत लिन सक्नुहुन्छ जसले तपाईंलाई हाँस्न बाध्य पारोस् । यसका लागि तपाईं बच्चासँग खेल्न सक्नुहुन्छ वा मिम्स वा कार्टुनलाई यसको माध्यम बनाउन सक्नुहुन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप