शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

इपिजी प्रतिवेदन सार्वजनिक भए नेपाल–भारतबीचको धेरै समस्या समाधान हुन्छः ज्ञवाली

शुक्रबार, १९ साउन २०८०, १७ : ०१
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । एमालेका नेता एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई ‘अपडेट’ गर्नका लागि इपिजी गठन गरिएको र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले एक्काइसौँ शताब्दीमा नेपाल–भारतको बीचमा कस्तो सम्बन्ध हुन्छ भने कुराको आधार त्यो प्रतिवेदनले दिएको बताए । तर विभिन्न बहानामा त्यसलाई नबुझ्ने काम भइरहेको उनको भनाइ छ । 

इपिजी प्रतिवेदनमा उल्लेख सुरक्षा व्यवस्थालाई लिएर भारत झस्किएका हो कि भन्ने आफूलाई लागेको उनको भनाइ छ  । उनले प्रतिवेदन कार्यान्वयन भए दुई देशबीचको धेरै समस्या समाधान हुनसक्ने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप