इपिजी प्रतिवेदन सार्वजनिक भए नेपाल–भारतबीचको धेरै समस्या समाधान हुन्छः ज्ञवाली
शुक्रबार, १९ साउन २०८०, १७ : ०१
काठमाडौँ । एमालेका नेता एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई ‘अपडेट’ गर्नका लागि इपिजी गठन गरिएको र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले एक्काइसौँ शताब्दीमा नेपाल–भारतको बीचमा कस्तो सम्बन्ध हुन्छ भने कुराको आधार त्यो प्रतिवेदनले दिएको बताए । तर विभिन्न बहानामा त्यसलाई नबुझ्ने काम भइरहेको उनको भनाइ छ ।
इपिजी प्रतिवेदनमा उल्लेख सुरक्षा व्यवस्थालाई लिएर भारत झस्किएका हो कि भन्ने आफूलाई लागेको उनको भनाइ छ । उनले प्रतिवेदन कार्यान्वयन भए दुई देशबीचको धेरै समस्या समाधान हुनसक्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण