माओवादी केन्द्रको चौथो दिनको केन्द्रीय समिति बैठक सुरु
शनिबार, २० साउन २०८०, ११ : ४६
काठमाडौँ । बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी माओवादी केन्द्रको चौथो दिन बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ ।
आजको बैठकमा पनि झण्डै दुई सयको हाराहारीमा नाम टिपाइएकाले सदस्यहरूले बोल्ने क्रम भोलि नरोकिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । ‘दुई सय जनाले बोलिसकेपछि विचार दोहोरिन्छ भन्ने हो तर बोल्न चाहेका सबैलाई समय उपलब्ध गराइन्छ’, उनले भने, ‘यदि बोल्ने क्रम आज रोकिए आइतबार अध्यक्षज्यूले सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिनुहुन्छ ।’
शुक्रबारसम्म एक सय ४१ जना सदस्यहरूले आफ्ना धारणा राखेका छन् । बैठकमा ७५८ जना सहभागी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण