शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ) को प्रशिक्षक प्रशिक्षण शुरु

शनिबार, २० साउन २०८०, १४ : ३१
शनिबार, २० साउन २०८०

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको आयोजना तथा कोरिययन एन्टी डोपिङ एजेन्सीको संयोजकत्वमा शनिवारदेखि दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ) को प्रशिक्षक प्रशिक्षण शुरु भएको छ ।

 प्रशिक्षण कमिटीको मुख्यालय सातदोबाटोमा सञ्चालन भएको हो । प्रशिक्षण कार्यक्रम (आज र भोलि गरी) दुई दिनसम्म सञ्चालन हुनेछ । यो कार्यत्रमपछि अब नेपालमै डीसीओको प्रशिक्षण दिन सकिने कमिटीको अध्यक्ष जीवनराम श्रेष्ठले बताए । उनले डीसीओ प्रशिक्षक प्रशिक्षण कार्यक्रम नेपालमा पहिलो पटक भएको बताए । कार्यक्रमका अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदमा

एन्टी डोपिङ सम्बन्धी ज्ञानको महत्वमा जोड दिन आवश्यक रहेको बताए । नयाँ खेलकुद ऐन अनुसार नेपालमा नेपाल एन्टि डोपिङ एजेन्सी गठन हुने क्रममा छ । नेपाल एन्टि डोपिङ एजेन्सी युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत स्वायत्त निकायको रुपमा गठन हुनेछ ।

‘नेपाल ओलम्पिक कमिटीको मेडिकल कमिसनको इनिसिएशनमा कोरियन एन्टीटोपिङ एजेन्सीसँग समन्वय गरेर स्पोर्ट्समा कसरी प्रतिवन्धात्मक औषधिबाट फ्रि गर्ने, कसरी स्पोर्ट्सलाई क्लिन राख्ने ? भन्ने अभियानअन्तर्गत कोरियन एन्टीटोपिङ एजेन्सीको सपोर्टमा नेपालमा (टिसीओ) टोेपिङ कन्ट्रोल अफिसरको ट्रेनर्स ट्रेनिङको आयोजना गरेको हो’ श्रेष्ठले भने, ‘यहाँ सिमित मात्र अफिसर

हुनुहुन्छ । मेडिकल डाक्टरहरु हुनुहुन्छ । अहिले पहिलो चरणमा उहाँहरुको सपोर्टमा हामीले लिमिट ट्रेनिङ दिइनेछ, पछि प्रदेशमा पनि दिइनेछ । यसबाट नेपालको खेलकुदलाई प्रतिवन्धात्मक औषधिबाट टाढा राख्ने र नेपालको विकासन गर्न भन्ने हिसावले हामीले यो कार्यक्रम अघि बढाउँदैछौँ ।’ 

प्रशिक्षक प्रशिक्षणका लागि काडाबाट तीन जना विशेषज्ञ आएका छन् ।  प्रशिक्षकमा नाडाका सीओओ म्युङ सु–किम, किजो हान र मिनजोङ सो रहेका छन् । ६ जनाको सहभागिता रहेको कार्यक्रममा सहभागीहरुमा चिकित्साकर्मीहरू सरोजकृष्ण श्रेष्ठ नविसमानसिंह प्रधान, ज्ञानेन्द्रविक्रम शाह, सुसन वैद्य, असिम सुवेदी र पूजा भण्डारी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप