बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आउने निर्वाचनमा कांग्रेस एक्लै निर्वाचन लड्छ : महर

‘सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन भयो’
शनिबार, २० साउन २०८०, १७ : ४९
शनिबार, २० साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ५ वर्षसम्म गठबन्धन सरकारको विकल्प नखोजिने स्पष्ट पार्दै आउने निर्वाचनमा भने कांग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताएका छन् ।  

वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको महरको आरोप छ । कांग्रेसले चलाएको आन्तरिक विशेष अभियान अन्तर्गत धनुषामा खटिएका केन्द्रीय सदस्य महरले सरकार जनताको जनजीविकाको सवालमा गम्भीर नरहेको आरोप लगाएका हुन् । 

जनकपुरधाममा सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै महरले गठबन्धनको साझा अवधारणा अनुरूप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाए । उनले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन गरिरहेको बताए । सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दबाब दिनु आवश्यक रहेको महरको भनाई छ ।

उनले भने, ‘देशमा डेंगुको प्रकोप छ, किसानले मल पाएका छैनन्, खडेरीले किसान थप मारमा परेका छन्, उनले भने ‘सरकार यी समस्याहरू समाधान गर्न पहल त गरिरहेका छैनन् त्यसमाथि सुन तस्करी प्रकरणमा समेत सरकार चुकिरहेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप