आउने निर्वाचनमा कांग्रेस एक्लै निर्वाचन लड्छ : महर
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ५ वर्षसम्म गठबन्धन सरकारको विकल्प नखोजिने स्पष्ट पार्दै आउने निर्वाचनमा भने कांग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताएका छन् ।
वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको महरको आरोप छ । कांग्रेसले चलाएको आन्तरिक विशेष अभियान अन्तर्गत धनुषामा खटिएका केन्द्रीय सदस्य महरले सरकार जनताको जनजीविकाको सवालमा गम्भीर नरहेको आरोप लगाएका हुन् ।
जनकपुरधाममा सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै महरले गठबन्धनको साझा अवधारणा अनुरूप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाए । उनले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन गरिरहेको बताए । सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दबाब दिनु आवश्यक रहेको महरको भनाई छ ।
उनले भने, ‘देशमा डेंगुको प्रकोप छ, किसानले मल पाएका छैनन्, खडेरीले किसान थप मारमा परेका छन्, उनले भने ‘सरकार यी समस्याहरू समाधान गर्न पहल त गरिरहेका छैनन् त्यसमाथि सुन तस्करी प्रकरणमा समेत सरकार चुकिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण