नेपाल–भारत सम्बन्धलाई अघि बढाउन ईपीजी प्रतिवेदन आवश्यक : ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्धलाई ईपीजी प्रतिवेदनको आधारमा अघि बढाउन जायज हुने बताएका छन् । भारत सरकारले सो प्रतिवेदन बुझ्न समेत आनाकानी गरिरहेका बेला अध्यक्ष ओलीले दुई मुलुकबीचको सम्बन्धलाई तथ्यका आधारमा अघि बढाउन सो प्रतिवेदन अति आवश्यक हुने दाबी गरेका हुन् ।
दुवै मुलुकका सरकारले तोकेका विज्ञहरूको समूहले तयार पारेको सो प्रतिवेदन बुझ्ने र त्यसलाई कार्यान्वयन गर्ने कुरालाई सहज ढङ्गले अघि बढाउनुपर्ने उनले बताए ।ओलीले भने, ‘ईपीजीको प्रतिवेदनले दिएको सुझावको आधारमा नेपाल भारतबीचको सम्बन्धलाई अगाडि बढाउन जायज हुन्छ । यसले नेपाल भारत सम्बन्धलाई तथ्यका आधारमा अगाडि बढ्न आधार तयार गर्छ । बुरुक्क उफ्रेर रुख चढ्न सकिँदैन । सिँढी चाहिन्छ । यसले सिँढीको काम गर्छ । किनभने कुन कुन पाइला, कुन कुन इस्युमा कसरी जाने, कुन कुन पाइला टेक्दै अगाडि बढ्ने भन्ने कुराहरूको प्रेस्क्रिप्सन त्यसले दिएको छ । त्यसर्थ, हामीले त्यसलाई छोडिदिएर फेरि एउटा पुरानो इस्युमा मात्रै होइन कि त्यो इस्यू त्यसैभित्र छ ।’
‘१९५० को सन्धिको प्रश्न, सुगौली सन्धिको प्रश्न, १९५० को सन्धिको अनेकौँ प्रश्न छन् । यहाँ त सुगौली सन्धि पो कार्यान्वयन नहुने भइसक्यो । सुगौली सन्धिले महाकाली नदीको उद्गमदेखि पूर्वी भाग नेपालको भन्छ । सुगौली सन्धि नै नहुने भयो । यसले सुगौली सन्धि देखिको कुरा उठाउँछ । गोर्खाको सम्बन्धमा भएको त्रिपक्षीय समझदारी त्यसमा पनि नेपालको कुनै हात छैन । खाली तिमीहरूको सही गरे भनेर पठाइदिएको भरमा सही गरिएको हो । यी सबै कुराहरूमा पुनर्विचार गर्नुपर्ने, त्यसलाई आजको समय अनुकूल बनाउनुपर्ने, सबै हिजोको ट्रिटीहरुलाई अद्यावधिक गर्नुपर्ने र आजको आवश्यकताको उचाइमा उठाउनु नै पर्छ,’ ओलीले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण