जिल्ला शिक्षा राख्ने विधेयक पास हुन नदिने देवकोटाको चेतावनी
काठमाडौँ । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले शिक्षा मन्त्रालयले सङ्घीयता विरोधी जिल्ला शिक्षा कार्यालय राख्ने विधेयक कुनै हालतमा पास गर्न नदिने चेतावनी दिएका छन् ।
‘सरकारले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राखेर ठुलो उपलब्धि ठानेको होला । सङ्घीयता विरोधी यो प्रावधानलाई कुनै पनि हालतमा संसदबाट पास गर्न दिइने छैन’, स्वतन्त्र सांसद देवकोटाले सामाजिक सञ्जालमा भनेका छन्, ‘भुईँको टिप्न खोज्दा खल्तीको नपोखिएला भन्न सकिन्न मन्त्रालयको बेलैमा ध्यान जाओस् ।’
उनले संविधानले चिनेको र संविधानले नै काम कर्तव्य अधिकार दिएको जिल्ला समन्वय समितिको बेहाल रहेका बेला जिल्लामा संरचनाहरू राख्नु भनेको स्रोत र साधनको दुरुपयोग हुनु मात्र भएको बताएका छन् । ‘थप उपलब्धि केही पनि हुनेछैन र हुँदैन’, उनको भनाइ छ ।
सांसद देवकोटाले स्थानीय तह र प्रदेशको अधिकारसँग बाझिने खालका कुनै पनि संरचनाहरू जिल्लामा राख्न नपाइने पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण