मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

रुसले रक्तदान केन्द्रमा बम आक्रमण गरेको युक्रेनको आरोप

आइतबार, २१ साउन २०८०, ११ : १४
आइतबार, २१ साउन २०८०

कीभ । रुसले उत्तर–पूर्वी युक्रेनको रक्तदान केन्द्रमा आक्रमण गर्दा कयौँको मृत्यु हुनुको साथै धेरै घाइतेसमेत भएको युक्रेनले आरोप लगाएको छ । राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार रुसले केन्द्रमा हवाई हमला गरेको हो ।

जेलेन्स्कीका अनुसार शनिबार राति खारकीभ क्षेत्रको कुपियान्स्क समुदायमाथि भएको हमलापछि उद्धारकर्मी आगोलाई नियन्त्रण लिने प्रयास गरिरहेका छन् । उनले जीवनको मूल्य थाहा पाउने व्यक्तिहरूका लागि आतङ्कवादीहरूलाई हराउनु सम्मानको विषय भएको जिकिर गरे ।

रुसले यस आक्रमणबारे सार्वजनिकरुपमा टिप्पणी गरेको छैन । सामाजिक सञ्जालको एक पोस्टमा राष्ट्रपति जेलेन्स्कीले अपराधीहरूको तुलना जनावरसँग गरेका छन् । यो अपराधले रुसी आक्रामकताबारे सबै कुरा स्पष्ट पार्ने उनको भनाई छ । घटनामा कति जना मारिए र घाइते भए भन्ने चाहिँ उनले खुलाएनन् । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप