रुसले रक्तदान केन्द्रमा बम आक्रमण गरेको युक्रेनको आरोप
आइतबार, २१ साउन २०८०, ११ : १४
कीभ । रुसले उत्तर–पूर्वी युक्रेनको रक्तदान केन्द्रमा आक्रमण गर्दा कयौँको मृत्यु हुनुको साथै धेरै घाइतेसमेत भएको युक्रेनले आरोप लगाएको छ । राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार रुसले केन्द्रमा हवाई हमला गरेको हो ।
जेलेन्स्कीका अनुसार शनिबार राति खारकीभ क्षेत्रको कुपियान्स्क समुदायमाथि भएको हमलापछि उद्धारकर्मी आगोलाई नियन्त्रण लिने प्रयास गरिरहेका छन् । उनले जीवनको मूल्य थाहा पाउने व्यक्तिहरूका लागि आतङ्कवादीहरूलाई हराउनु सम्मानको विषय भएको जिकिर गरे ।
रुसले यस आक्रमणबारे सार्वजनिकरुपमा टिप्पणी गरेको छैन । सामाजिक सञ्जालको एक पोस्टमा राष्ट्रपति जेलेन्स्कीले अपराधीहरूको तुलना जनावरसँग गरेका छन् । यो अपराधले रुसी आक्रामकताबारे सबै कुरा स्पष्ट पार्ने उनको भनाई छ । घटनामा कति जना मारिए र घाइते भए भन्ने चाहिँ उनले खुलाएनन् । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण