बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा भूकम्प, २१ जना घाइते

आइतबार, २१ साउन २०८०, ११ : २०
आइतबार, २१ साउन २०८०

बेइजिङ । चीनको पूर्वी सानडोङ प्रान्तको पिङयुआन काउन्टीमा आइतबार बिहान ५.५ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पमा परेर कम्तीमा २१ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहान २ बजेर ३३ मिनेटमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १० किलोमिटरको गहिराइमा रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जानकारी दिएको छ । अधिकारीहरूका अनुसार घाइतेहरु डेनझाउ र लिओचेङ सहरका छन् ।

राज्यद्वारा सञ्चालित सीसीटीभी मिडियाका अनुसार भूकम्पका कारण १२६ वटा घरमा क्षति पुगेको छ । अहिले राहत तथा उद्धार कार्य जारी रहेको छ । भूकम्पका कारण करिब ५० वटा रेलहरू आफ्नो गन्तव्यमा जान रोकिएको चाइना रेलवे बेइजिङ ग्रुप कम्पनीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप