चीनमा भूकम्प, २१ जना घाइते
आइतबार, २१ साउन २०८०, ११ : २०
बेइजिङ । चीनको पूर्वी सानडोङ प्रान्तको पिङयुआन काउन्टीमा आइतबार बिहान ५.५ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पमा परेर कम्तीमा २१ जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार बिहान २ बजेर ३३ मिनेटमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १० किलोमिटरको गहिराइमा रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जानकारी दिएको छ । अधिकारीहरूका अनुसार घाइतेहरु डेनझाउ र लिओचेङ सहरका छन् ।
राज्यद्वारा सञ्चालित सीसीटीभी मिडियाका अनुसार भूकम्पका कारण १२६ वटा घरमा क्षति पुगेको छ । अहिले राहत तथा उद्धार कार्य जारी रहेको छ । भूकम्पका कारण करिब ५० वटा रेलहरू आफ्नो गन्तव्यमा जान रोकिएको चाइना रेलवे बेइजिङ ग्रुप कम्पनीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण