सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका-६ वायर फैक्टरीस्थित सडकमा प्र.२-०२-००१ प ०६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बटेश्वर गाउँपालिका-१ बस्ने ४२ वर्षीया कौसलिया देवी महतोको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मोडल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उता सर्लाहीको बरहथवा नगरपालिका-९ सोल्टीमोडस्थित सडकमा ना. १ ज २८४९ नम्बरको म्याजिक र ना.२० प ५१७९ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका-१ मंगलपुर बस्ने ३७ वर्षीय सुमन सहनीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-१० बाँसबारीस्थित सडकमा प्र-१-०२-०४४ प ८८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-६ जलजले बस्ने २५ वर्षीय सुदिप चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकसमेत २ जनालाई जिल्ला अस्पताल हुँदै थप उपचारको लागि विराटनगरतर्फ रिफर गरिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण