अब वनलाई देशको समृद्धिमा प्रत्यक्ष जोड्नुपर्छ : वनमन्त्री महतो
काठमाडौँ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले वनलाई नेपालको समृद्धिमा योगदान पुर्याउने भरपर्दो माध्यम बनाइने बताएका छन् । नेपालको कुल भूभागको ४५ प्रतिशत क्षेत्र ओगटेको वनले अब समृद्धिमा योगदान पुर्याउनेगरी काम गर्नुपर्नेमा उनको जोड छ ।
आइतबार राउण्ड टेवल नेपालले ‘एक लाख विरुवा रोपेको अवसरमा काठमाडौंको टेकुमा रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयको प्राङगणमा आयोजित विशेष कार्यक्रममा’ मन्त्री महतोले यस्तो बताएका हुन । सो अवसरमा उनले संस्थाले हरियाली देश बनाउन खेलेको भूमिकाको खुलेर प्रशंसा पनि गरे ।
उक्त अवसरमा काठमाडौं महानगर वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले महानगरले हराभरा काठमाडौं बनाउने उद्देश्यले १ लाख विरुवा रोप्ने घोषणा गरेको र सोहीअनुसार काम भैरहेको स्पष्ट पारे ।
राउण्ड टेवल नेपालले विभिन्न स्थानमा एक लाख ८८ हजार विरुवा रोपण गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण