वडा वडामा गएर काम गर्न नेताहरुलाई प्रचण्डको निर्देशन
आइतबार, २१ साउन २०८०, १५ : ४५

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७५३ वटै पालिकाको वडामा गएर काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् । आइतवारको केन्द्रीय समिति बैठक जवाफ दिँदै अध्यक्ष प्रचण्डले सो निर्देशन दिएका हुन् ।
केन्द्रीय सदस्यरूमाथि नेतृत्व भूगोलमा नगएको आरोप लागेपछि अध्यक्ष प्रचण्डले जवाफ फर्काएका हुन् । बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले सातै प्रदेशमा एक एक वडाको जिम्मेवारी लिन नेताहरुलाई निर्देशन दिए ।
सातवटै प्रदेशमा एक वडाको जिम्मेवारी लिनेगरी कार्यविभाजन तोकिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । आफू र वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सातै प्रदेशमा पार्टीको समग्र अवस्था बुझ्ने प्रचण्डले बताएको ती सदस्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएस बङ्गला दुर्घटनासम्बन्धी २० थान रिटमा सर्वोच्चको आदेश : विचाराधीन अर्को मुद्दा किनार लागेपछि पेस गर्नू
-
गभर्नर नियुक्ति गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
जेसिवी प्रयोग गरेर पुरिएको गाडी खोजिदै
-
नेतृत्व चयन प्रक्रियालाई वैज्ञानिक बनाउनुपर्छ : हरिबोल गजुरेल
-
लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनले १६ मुद्दा हेर्न नभ्याइने
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा