माओवादी बैठक
सकियो माओवादीको बैठक : गुन्जियो ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड–लालसलामको’ नारा
आइतबार, २१ साउन २०८०, १७ : २१
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सकिएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनसँगै बैठक सकिएको हो ।
बैठक समापनका क्रममा आफूहरू भावनात्मक रूपले एक ढिक्का भएको भन्दै प्रधानमन्त्री प्रचण्डले एक ढिक्का भएको बताए ।
ुहामी एक ढिक्का भएका छौँ । पार्टी नेतृत्व बाहिर जाने छैनौँ । नेतृत्वको वरिपरि गोलबन्द हुने छौँ । हामी भावनात्मक रूपले भए पनि एक ढिक्का भएका छौँ । फेरि माओवादी जाग्ने छ, उनले भनेका थिए ।
त्यसलगत्तै हलमा ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम’ को नारा गुन्जिएको थियो । केन्द्रीय सदस्यहरूले ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम, लालसलाम’ को नारा लगाएका थिए ।
बैठक समापन गर्दा महासचिव देव गुरुङले केही नारा लगाए भने केन्द्रीय सदस्यले सामूहिक रूपमा ‘जिन्दावाद–जिन्दावाद’ भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण