सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले खुकुलो बनायो आयात, अब एकैपटकमा ६० हजारको एलसी खोल्न पाउने

सोमबार, २२ साउन २०८०, १८ : ४९
सोमबार, २२ साउन २०८०

काठमाडौँ । विदेशी मुद्राको सञ्चिती बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयातलाई खुकुलो बनाएको छ । आज जारी गरेको एकीकृत परिपत्रअनुसार केन्द्रीय बैंकले यसअघिको व्यवस्थालाई लचिलो बनाउँदै आयात केही खुकुलो बनाएको हो ।

यसअघि, भण्डारणमा विदेशी मुद्राको सञ्चिती घट्दै जाँदा केन्द्रीय बैंकले आयातमा कडाई गरेको थियो । सोअनुसार एक पटकमा ५० हजार अमेरिकी डलरभन्दा धेरैको प्रतितप पत्र (एलसी) खोल्न नपाउने व्यवस्था थियो । नयाँ व्यवस्थाअनुसार आयातकर्ताले अब ६० हजार अमेरिकी डलरसम्मको एलसी खोल्न पाउने भएका छन् ।

रेमिट्यान्सको आप्रवाह बढ्दै गएपछि केन्द्रीय बैंकको भण्डारमा ११ महिनाभन्दा धेरैको आयात धान्ने विदेशी मुद्राको सञ्चिती छ । यसअघि, रेमिट्यान्सको आप्रवाह घट्दा ६ महिना आसपासको मात्रै आयात धान्ने भण्डारण थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप