राष्ट्र बैंकले खुकुलो बनायो आयात, अब एकैपटकमा ६० हजारको एलसी खोल्न पाउने
सोमबार, २२ साउन २०८०, १८ : ४९
काठमाडौँ । विदेशी मुद्राको सञ्चिती बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयातलाई खुकुलो बनाएको छ । आज जारी गरेको एकीकृत परिपत्रअनुसार केन्द्रीय बैंकले यसअघिको व्यवस्थालाई लचिलो बनाउँदै आयात केही खुकुलो बनाएको हो ।
यसअघि, भण्डारणमा विदेशी मुद्राको सञ्चिती घट्दै जाँदा केन्द्रीय बैंकले आयातमा कडाई गरेको थियो । सोअनुसार एक पटकमा ५० हजार अमेरिकी डलरभन्दा धेरैको प्रतितप पत्र (एलसी) खोल्न नपाउने व्यवस्था थियो । नयाँ व्यवस्थाअनुसार आयातकर्ताले अब ६० हजार अमेरिकी डलरसम्मको एलसी खोल्न पाउने भएका छन् ।
रेमिट्यान्सको आप्रवाह बढ्दै गएपछि केन्द्रीय बैंकको भण्डारमा ११ महिनाभन्दा धेरैको आयात धान्ने विदेशी मुद्राको सञ्चिती छ । यसअघि, रेमिट्यान्सको आप्रवाह घट्दा ६ महिना आसपासको मात्रै आयात धान्ने भण्डारण थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण