स्काईवर्थ बीएम सिरिजका होम अप्लायन्सेस अब नेपालमा
काठमाडौँ । केएल दुगड समूह अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले वितरण गर्दै आएको होम एप्लायन्सेज ब्रान्ड स्काईवर्थले बिएमडब्लुसँग सहकार्य गरेको छ । जसअनुसार आफ्ना होम एप्लायन्सको सिरिज अन्तर्गत बीएम सिरिज नेपाली बजारमा उपलब्ध हुनेछन् ।
कार निर्माता बीएमडब्लुको डिजाइन सेन्टर र स्काईवर्थको सहकार्यमा डिजाइन गरिएका यी होम अप्लायन्सहरु विश्व बजारमा लोकप्रिय भैसकेका छन् भने नेपाली बजारमा पनि लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ ।
यो सहकार्यपछि अब स्काईवर्थका अत्याधुनिक प्रविधियुक्त घरायसी उपकरणहरुमा बिएमडब्लुको आकर्षक डिजाइन हुने बताइएको छ ।
“बिएम्डब्लुको यस सहकार्यलाई लिएर हामी अत्यन्तै उत्साहित छौं । बिएम्डब्लुको डिजाइन एलेमेन्टहरु स्काईवर्थको घरायसी उपकरणमा प्रयोग हुनु भनेको समस्त होम अप्लायन्स उद्योगमै एउटा नयाँ कोसेढुंगा हो । हामीलाई आशा छ हाम्रा नेपाली ग्राहकहरुले यो सहकार्य मन पराउनुहुनेछ । अब घरायसी उपकरणहरु केवल काम सजिलो बनाउन मात्र नभई घरको आन्तरिक साज-सज्जाको पनि महत्वपूर्ण हिस्सा बन्न सक्छन् । वास्तवमा भन्नुपर्दा यो सहकार्य कला र प्रविधिको अनुपम संयोजन हो ,”-कम्पनीको भनाइ छ ।
नयाँ बिएम सिरिजमार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई घरायसी उपकरणको सन्दर्भमा खास अनुभव प्रदान गराउने विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण