एमालेलाई माओवादीको प्रश्न : बिरामीको अप्रेसन गरिरहेको ठाउँमा ढोका फुटाएर अर्को डाक्टर जाँदा के हुन्छ ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सुन तस्करी प्रकरणमा सरकारले अनुसन्धान गरिरहेकोले अर्को छानबिन समिति आवश्यक नपर्ने बताएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले छानबिन सकेपछि सो विषय उठाउन एमालेलाई आग्रह गरेका छन् ।
उनले भने–‘एकजना सर्जन डाक्टरले थिएटरभित्र गएर बिरामीको अप्रेसन गरिरहेको बेलामा अर्को डाक्टरले ढोका फोडेर भित्र गयो भने बिरामीको हालत के हुन्छ ? अहिले सम्बन्धित निकायले छानबिन दृढतापूर्वक अघि बढाइरहेको छ । सिद्धान्तत हामी संसदीय छानबिन समितिको विरोधी हैनौँ । तर छानबिन त भइरहेको छ नि । त्यसको निष्कर्ष आउँन्जेलसम्मको निम्ति धैर्यतापूर्वक बसेर गृह प्रशासनले गरेका कामलाई सहयोग गर्न प्रतिपक्षी दललाई आग्रह गर्दछु ।’
भ्रष्टाचारको कुनै अनुहार, कुनै दल नहुने भन्दै राज्यले स्थापित गरेका निकायबाट छानबिन भइरहेकोमा त्यसलाई सहयोग गर्न सांसद पौडेलले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण