माओवादी वा कुनै पार्टीका हुन् तथ्य र प्रमाणले दोषी देखाए छुट्नेवाला छैनन् : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी, ललित निवास वा सुन तस्करी प्रकरणमा तथ्य प्रमाणले दोषी देखाएमा कोही नछुट्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै भ्रष्टाचारका ती प्रकरणहरूमा अनुसन्धान भइरहेको बताएका छन् ।
बैठकमा जवाफ दिँदै मन्त्री श्रेष्ठले भने–‘ललिता निवास प्रकरणमा अदालतको आदेशले थप अनुसन्धानका लागि आधार दिएको छ । सीआईबी अनुसन्धानको प्रक्रियामै छ । यसलाई सकारात्मक रुपमा लिउ । निष्पक्ष ढंगले अनुसन्धान प्रक्रियालाई पूरा गर्न प्रहरीलाई निर्देशन दिएका छौँ ।’
उनले भेपमार्फत भएको सुन तस्करीको फाइल आफ्नो टेबलमा नभई सीआईबीले अनुसन्धान गरिरहेको बताए ।
उनले भने–‘केही माननीय सांसदहरुले भेपमा सुन तस्करीको विषय उठाउनुभयो । मेरो अनन्य मित्रले भेपको अनुसन्धानको फाइल गृहमन्त्रीको टेबलमा छ भन्नुभयो । पहिला सरकार चलाउँदा त्यस्तो गरिन्थ्यो र भनेको ? पहिला मेरो टेबलमा ल्याऊ र म जे भन्छु त्यही गर भनिन्थ्यो र ? तर हामीले त्यसो गरेका छैनौँ । तपाई जे देख्नुहुन्छ त्यही गर्नुस् भनेर निर्देशन दिएका छौँ । अनुसन्धानको क्रममा तथ्य प्रमाणले जे देखाउँछ त्यसको आधारमा अभियोजन गर्नुस् भनेका छौँ । यो गर्नुस् त्यो नगर्नुस् भनेर हामी निर्देशन दिने हैनौँ ।’
उनले अगाडि भने–‘माओवादी वा कुनै पार्टी होस् अनुसन्धानले तथ्य प्रमाणले दोषी देखाउँछ भने कुनै तथ्यले देखाउँछ भने छुट्नेवाला छैनन् । यो कुरा फेरि भन्न चाहन्छु, अनुसन्धानले नदेखाउँदा प्रश्नहरु उठ्न सक्छन्, तर अनुसन्धानमा तथ्य प्रमाणले दोषी देखापर्छ भने कोही छुट्दैन, कोही उम्किन पाउँदैन ।’
मन्त्री श्रेष्ठले कुनै हालतमा पनि दोषीलाई उम्किन नदिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण